तरुण नेता पोखरेलको क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी घोषणा-Sutra News

तरुण नेता पोखरेलको क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी घोषणा

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

काठमाडौं । नेपाली कांग्रेस तरुण दलका युवा नेता दिपेन्द्र  पोखरेलले क्षेत्रीय प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 



नेपाल कमर्स क्याम्पसको इकाइ सदस्यबाट राजनीति सुरु गरेका पोख्रेल नेपाली काङ्ग्रेसमा आवद्ध रहेर तरुण युवा नेताको रुपमा आफुलाई स्थापित गराइसकेका छन् ।  त्यस्तै  आन्दोलनमा अग्रणी भुमिका निभाउने क्रममा जेल र प्रहरीको यातना समेत भोगीसकेका उनी युवानेताको भूमिकामा अग्रसर देखिंदै आएका छन् ।

नेबिसंघ इकाइ कार्यसमितीको सदस्य पछि उनी नेपाल तरुण दल काठमाडौं क्षेत्र न.२ अन्तर्गत कागेश्वोरी मनहरा नगरपालिका वार्ड न.८ कार्यसमिती उपाध्यक्ष हुँदै क्षेत्रीय सदस्यमा मनोनीत भएका थिए ।

बिगतको स्थानिय निकायको वार्ड सदस्यको लागि निकै चर्चामा रहेका पोख्रेल नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाण निकट मानिएका छन् ।

क्षेत्रीय प्रतिनिधि हुँदै कांग्रेसको १४ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको रुपमा आफुलाइ परिचित गराउन खोजेको उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट