आपसी झगडाका कारण १०१ किलो तौल भएकी श्रीमती मुखमा बस्दा श्रीमानको मृत्यु-Sutra News

आपसी झगडाका कारण १०१ किलो तौल भएकी श्रीमती मुखमा बस्दा श्रीमानको मृत्यु

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

श्रीमान र श्रीमानबीच झगडा हुनु सामान्य हो । तर रुसको एक ठाउँमा भने असामान्य घटना घटेको छ ।



रुसको साईबेरीयामा एक अनौठो घटना भएको छ । एक सय १ किलो तौल भएकी श्रीमतीले आफ्नै श्रीमानको अनुहारमा बस्दा श्रीमानको ज्यान गएको छ ।

श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । त्यस क्रममा उनीहरुले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा समेत दायर गरेका थिए ।
त्यही बेलमा घरमा बृद्धहरुले सम्झाई बुझाई गरेपछि दुबै जनाबीच बहस भयो । श्रीमतीले माफी माग भन्दै श्रीमानको अनुहारमा बसे पछि सास फेर्न नसकेर उनको मृत्यु भएको समाचारमा उल्लेख छ ।

पत्नीको नाम टाटियाना र पतिको नाम एडार भएको बताईएको छ ।
समाचार अनुसार टाटियानाले माफी मगाउन आफूले आग्रह गर्दा एडारले नमानेपछि झगडा परेको बताएकी छन् । श्रीमानले सास फेर्न सकिन भन्दै भने पनि टाटियानाले नसुने पछि उनको ज्यान गएको थियो । उनले आफ्नो पति मर्ला भन्ने अनुमान आफूलाई नभएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट