देउवाप्रति सुवास नेम्वाङको कटाक्ष- देशलाई बन्धक बनाउने अनि ठुला कुरा गर्ने ?-Sutra News

देउवाप्रति सुवास नेम्वाङको कटाक्ष- देशलाई बन्धक बनाउने अनि ठुला कुरा गर्ने ?

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । 



बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरे । 

नेम्बाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताए । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्बाङले भने, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौ ।’ नेता नेम्बाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट