प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र चाहनाका कारण नेकपा विभाजन भयो- विष्णु पौडेल-Sutra News

प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र चाहनाका कारण नेकपा विभाजन भयो- विष्णु पौडेल

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

नेकपा एमालेका नेता विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने चाहनाका कारण नेकपा विभाजन भएको बताएका छन् ।



बुधबार नेकपा एमाले जिल्ला कमिटीले गरेको बृहत कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

‘प्रचण्डको सत्तामा पुग्ने स्वार्थका कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको अवस्थामा आयो ।’ उनले भने ।

उनले एमालेका सांसदहरुले नै आफ्ना अध्यक्षलाई विश्वासको मत नदिएका कारण सरकार ढलेको स्मरण गरे ।  

उनले जनताहरुले एमालेको सरकार चाहेको भन्दै आफूहरु चुनावमार्फत छिट्टै नै सरकरमा आउने दाबीसमेत गरेका छन् ।

त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि काम गर्न नसक्ने बताएका छन् । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले २ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको कारण कामकारबाहीमा असर पुगेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘नेकपा एमालेलाई शक्तिशाली बनाउछौं, जनताको सेवाका रुपमा नेकपा एमाले प्रस्तुत हुन्छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट