नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पार्टीले आगामी चुनावमा कुनै एक सीटमा पनि जमानत जोगाउन सक्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
बुटवलमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले एकीकृत समाजवादी पार्टीको कुनै हैसियत नभएकाले कुरै गर्नुनपर्ने बताए ।
‘माधव नेपालको पार्टीले कुनै एक सीटमा जमानत जोगाउने अवस्था छ ?’ पौडेलको प्रश्न थियो ।
उनले डेढ दशकसम्म पार्टीको प्रमुख भएर बसेका नेता नेपालको कुनै विचार नभएको र निजी स्वार्थका कारण मात्र पार्टीको एकताविरुद्ध प्रहार गर्ने काम भएको बताए ।