काठमाडौँ । सरकार बाहिर रहेको राजनीतिक दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले वर्षे अधिवेशन बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरिएको टिप्पणी गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले यस्तो आरोप लगाएको हो । एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ ।’
त्यस्तै विज्ञप्तिमा थप भनिएको छ, ‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) सभामुखबाट भएको पदीय मर्यादाविपरीतको अनुचित कार्यका विरुद्धमा आफ्नो असहमति र विरोध प्रकट गर्दै आइरहेको छ । तर समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसदको काम कारवाही अघि बढाउने काम भइरहेको छ । आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्सेझै हाउस असोज ४ गते किन सारियो ? यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ । यो, नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो ।’