काठमाडौं । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा ४९५ जनामा कोरोना पुष्टि भएको छ ।