कोपिला कुँवर, सरकारको विगतदेखि नै लैंगिक हिंसा र भेदभाव अन्त्य गरी समाजमा रहेका पिछडिएका र सिमान्तकृत वर्ग खास गरी महिलाहरुको ससक्तिकरण गर्दै समावेशी राज्य निर्माणको सवाललाई प्राराथमिकतामा राखेर काम गर्दै आएको छ । तर पनि यस समस्या बाट नेपालले उन्मुक्ति पाउन सकेको छैन ।
छैटौं योजनामा शिक्षा, साक्षरता,स्वास्थ,परिबार नियोजन जस्ता कार्यक्रमहरुमा महिलाको क्षमता अभिवृद्गधि गराउन २०६८/६९/७०ले नीतिनिर्माण र कार्यान्वयन समेत गर्दै , लैंगिक समानता र महिला सशाक्तिकरणमा जोड दिएको छ। महिलाको मुलभुत तथा समान अधिकार सुनिश्चित गर्दै समुन्नत, न्यायपुर्ण लैंगिक रुपले समावेशी र समतामुलक नयॅा नेपाल निर्माण गर्ने दिर्घकालिन सोचका साथ सबै वर्ग, क्षेत्रका महिलाको सामाजिक ,आर्थिक , राजनैतिक सशक्तिकरण गर्दै दिगो शान्ति एवं बिकास मा महिला सहभागिता, महिलाको भुमिका सशक्त बनाउँदै , महिला बिरुद्दको बिभिन्न प्रकारका लैंगिकतामा आधारित हिंसा एवं विभेदको अन्त्य का लागि जोड दिनेछु ।
लैंगिक हिंसा बिरुद्द कार्ययोजनामा अहिले सम्म केहि उपलब्धी हरु हासिल भएता पनि लैंगिक हिंसा र लैंगिक बिभेद सामाजिक विक्रितिजन्य समस्याको कारण बनेको छ। महिला आन्दोलनलाइ अझ ससक्त ,बलियो र प्रभाबकारी बनाउदै अघि बढ्नु पर्ने छ । कुसल र सफल , अनुशासित नेतृत्वको बिकास मा जोड दिनु पर्ने छ। बिगतमा भएका गल्ति कम्जोरीलाइ सुधार गर्दै अगि बढनु पर्नेछ। जनता प्रति ,पार्टी प्रति , महिला संघर्ष समितिहरु प्रति र संगठन प्रति जिम्मेवार रहदै आफुलाइ क्षमता र सक्षमताका आधारमा बिकास गर्ने र अहिलेसम्म प्राप्त उपलब्धिहरुलाइ आत्मसाथ गर्दै थप कार्यभार प्रति अझ ससक्त र संघर्षहरु गर्दै अगी बढ्नेछु। सबै वर्ग, जाति, पेशा, समुदायका शान्तिपुर्ण आन्दोलनहरुमा ऐक्यबद्दता गर्दै , पितृसतात्मक दमन शोषण, उत्पीडन,सामन्तबाद, साम्राज्यबाद, नवउदारबादका बिरुद्द नेपाली महिलाहरुलाइ जागृत गर्दै अगि बढ्नु पर्ने मैले देखेको छु ।
नेपालको राजनितिक आन्दोलनहरु ,हाम्रो गौरबशाली पार्टी नेकपा माओबादी केन्द्रको सशक्त जनयुद्ध, २०६२/६३ को जनआन्दोलन , मधेश आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु, अधिकारहरु कार्यन्वयन र थप प्राप्तिका लागि जोड दिदै अगाडि बढ्नु पर्नेछ ।
समानुपातिक, समावेशी सहभागिता मा थोरै उपलब्धि भएको छ। संघिय लोकतान्त्रीक गणतन्त्रात्मक, समानुपातिक , समाबेशी सहभगिता मुलक समाजबाद उन्मुख संबिधान बनिसकेको अवस्था रहेको छ । सोहीअनुरुप महिला मुक्ति आन्दोलनहरुलाई अझ प्रभावकारी बनाउँदै, नयॅा जनवादी क्रान्तिमा अग्रसर भई परिवर्तनको यात्रामा अगाडी बढ्नु पर्नेमा मेरो सशक्त भूमिका रहनेछ ।
राजनीतिमा महिला, युवा र विद्यार्थीहरुलाई सशक्त ढंगले अगाडी बढाउन सकिएन भने पुस्तान्तरणमा पनि ठुलो समस्या देखिएको छ ।
त्यसैले युवा र महिला संगठनलाइ अझ सशक्त , बलियो बनाउदै लान सके मात्र देशले नया नेतृत्व पाउन सक्नेछ ।
सामान्यत: युवाको अर्थ उमेर समूह हो, यद्यपि यो मात्र सम्पूर्ण होइन । युवा उमेर समूहभित्र पर्ने व्यक्तिको चिन्तन कति प्रगतिशील छ, व्यवहारमा ऊ कति सक्रिय छ, कार्यशैलीमा ऊ कति गतिशील छ, जस्ता पक्षहरू पनि महत्त्वपूर्ण हुन्छन् ।
तसर्थ, उमेरका साथै उसको चिन्तन, व्यवहार र कार्यशैली सफलता वा असफलताका लागि जिम्मेवार रहन्छन् । नेतृत्वको विकास सामाजिक विकास र त्यसको स्तरमा निर्भर रहन्छ। समाजको आर्थिक अवस्था जस्तो छ, चिन्तनको स्तर जस्तो छ, सामाजिक अन्तर्सम्बन्धको आयाम जे छ, त्यसको आधारमा नेतृत्वको विकास हुन्छ ।
पिछडिएको समाजबाट प्रगतिशील र गतिशील नेतृत्व जन्मिने सम्भावना न्यून हुन्छ। तसर्थ, गतिशील नेतृत्वका लागि सामाजिक रूपान्तरण महत्त्वपूर्ण हुन्छ । पूरानो पुस्ता र नयाँ पुस्ताबिच अन्तर्निर्भरता र विरोधाभाष दुवै हुन्छ । अन्तर्निर्भरता यस अर्थमा हुन्छ कि अघिल्लो पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तालाई उत्तरदेनका रूपमा प्राप्त हुन्छ ।
विरोधाभाष यस अर्थमा हुन्छ कि नयाँ पुस्ताको गतिशीलता पूरानो पुस्ताले बोक्न सक्दैन । युवा उमेर मात्र नभएर एक विशाल दृष्टिकोण पनि हो । यसर्थ युवा पुस्ताले उमेरका आधारमा मात्र होइन, उन्नत चेतना, आधुनिक युगको मूल्यवोध र बहुआयामिक क्षमता विकासका आधारमा नेतृत्व विकास गर्नुपर्छ ।
राजनीतिमा नेतृत्व विकासका लागि केही महत्त्वपूर्ण आयाम छन्, आफू आवद्ध दलको सिद्धान्त र नीतिप्रतिको ज्ञान, त्यसमा नयाँपन र परिस्करणको चेतना, अध्ययन संस्कृतिको विकास, समाजमा रोलमाेडल कायम गर्ने विचार र व्यवहार, समाज र जनताको अध्ययन र सम्बन्ध आदि। यी कुरामा पारंगत भएर मात्र सही नेतृत्व विकास हुन सक्दछ। नेतृत्व एक प्रणाली पनि हो, यसले प्रणालीको विकासमा जोड दिनुपर्छ। राज्यमा प्रणाली विकासको ठोस मार्गचित्र प्रस्तुत गर्नु हाम्रो जिम्मेवारी हो।
राजनीतिमा नयाँ पुस्ताको उदयका लागि रचनात्मक संघर्ष र आफ्नै खुट्टामा उभिन सक्ने वैचारिक धरातल, जनसमुदायको समर्थन र प्राप्त जिम्मेवारीको कुशल कार्यसम्पादन चाहिन्छ । महिला संगठनलाई अझ ससक्त बनाउदै लैंगिक समानताको लागि आफ्नो पार्टी भित्र तथा सम्पुर्ण महिलाहरुलाइ एकजुट भइ संघर्षगर्न उत्प्रेरित गर्दै व्यापक , व्यवस्थित पार्दै अनुसाशन सृजनात्मक, सक्रियता सहभागिता वृद्धि गर्दै , महिलाको आत्मबल वृद्धि गर्ने जस्ता सृजनात्मक , उत्पादनका कार्यहरुमा सहभागीता बढाउदै , बैज्ञानिक समाजबादको शाषण प्रणालि स्थापना को लक्ष्य सहित , निर्वाचन प्रणालीमा व्यापक परिवर्तन ल्याउन सकेमात्र सक्षम र क्षमता भएका ब्यक्ति निर्वाचित हुन सक्नेछन् ।
कुशल नेतृत्वले मात्र देशको बिकास गर्न सक्ने छ । पुर्ण समानुपातिक निर्वाचन प्रणाली लगायत शासकिय स्वरुप महिला मैत्री बनाउनमा जोड दिन सके मात्र सक्षमता र क्षमताका आधारमा महिला निर्वाचित हुन सक्नेछन् ।
अहिले पनि दलहरुले महिला नेतृत्व स्विकार गर्न सकेका छैनन । त्यसैले हरेक दलहरुमा महिला सहभागिता न्युन रहेको छ । यस विषयलाई निरन्तर खबरदारी गर्दै महिला को क्षमता वृद्धिमा ध्यान पुर्याउन सकेमात्र मौलिक हक, समानताको हक, स्वतन्त्रताको हक, सामाजिक न्यायको हक , बिभिन्न अधिकारहरुलाइ संस्थागत गर्न सकिनेछ भन्ने मेरो विचार छ ।