ओलीले भने- सरकार बुख्याँचा हो, माधव नेपाल अपराधी हुन्-Sutra News

ओलीले भने- सरकार बुख्याँचा हो, माधव नेपाल अपराधी हुन्

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बुख्याँचाको संज्ञा दिएका छन् । बुधबार बुटवलमा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ओलीले यस्तो संज्ञा दिएका हुन् ।



कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन ।’ त्यसै उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिएका छन् ।

उनले माधव नेपाललाई इंगित गर्दै भने, ‘उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’

ओलीले कम्युनिस्ट पार्टीले मात्र विकसित नेपालमा रुपान्तरित गर्न सक्छ भन्ने कुरा पुष्टि भएको जिकिर गरे । ‘गरिबी, पछौटेपन, अशिक्षा र बेरोजगारीजस्ता कुरा हटाउन, देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिस्ट पार्टीले मात्र गर्न भन्ने कुरा केही वर्षयता झन् प्रष्ट देखियो,’ उनले भने, ‘यो देशको सार्वभौमसत्ता, स्वाधीनता, गर्वका साथ कुनै पनि देशसँग बराबरी सम्बन्ध राख्ने, राष्ट्रिय हितको संरक्षण गर्न, गुमेको भूभाग फिर्ता लिन कम्युनिस्टबाहेक कसैले सक्दैन भन्ने देखिएको छ ।’

एमालेले बाटो, पुल बनाउनेमात्र होइन सुरुङ केबलकारको युगमा नेपाललाई प्रवेश गराएको ओलीको दाबी थियो । ‘दुनियाँका पर्यटकहरु भैरहवामा झर्छन्, लुम्बिनी हेर्छन् । पर्यटक खुसी हुने खालका होटलहरु बनाउनुस्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट