कसरी भित्रिए माल्दीभ्समा नौ महिनामा यति धेरै पर्यटक ?-Sutra News

कसरी भित्रिए माल्दीभ्समा नौ महिनामा यति धेरै पर्यटक ?

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

माल्दीभ्स- माल्दीभ्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।



पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ । अघिल्लो वर्ष सन् २०२० को तुलनामा १०४.४ प्रतिशतको दरले पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा तीन महिना माल्दीभ्सको सीमानाका बन्द गरिएको थियो । त्यही कारणले अघिल्लो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको विश्लेषण गरिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै अगस्ट महिनामा मात्रै एक लाख ४३ हजार ५९९ पर्यटक माल्दीभ्स भित्रिएका छन् । औसतमा दैनिक झण्डै चार हजार पर्यटक आउने गरको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

माल्दीभ्स भित्रिएका पर्यटकहरु मध्ये सबैभन्दा धेरै पर्यटक भारतबाट आएको पनि तथ्याङ्कले देखाएको छ । कुल पर्यटक मध्ये २४.४ प्रतिशत पर्यटक भारतीय रहेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि धेरै पर्यटक रुसका रहेका छन् । रुसबाट २०.४ प्रतिशत पर्यटक आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट