बैतडीमा स्क्रब टाइफस रोगको जोखिम बढ्दै-Sutra News

बैतडीमा स्क्रब टाइफस रोगको जोखिम बढ्दै

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

काठमाडौं- पछिल्लो समय बैतडीमा स्क्रब टाइफस रोगको जोखिम बढ्दै गएको छ । बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस संक्रमित देखिन थालेपछि जोखिम बढ्दै गएको हो ।



जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष संक्रमितको संख्या बढेको छ ।

‘वर्षायामको सुरुबाटै संक्रमितको संख्या बढेको छ,’उनले भने‚ ‘साउनदेखि हालसम्म २२ जनामा  स्क्रब टाइफस पुष्टि भइसकेको छ ।’ जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ । तीमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका बढी रहेको सूचना अधिकारी पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट