एकैपटक १२ जिल्लाका सिडिओ फेरिए, कहाँ कसलाई जिम्मेवारी ? [सूचीसहित]-Sutra News

एकैपटक १२ जिल्लाका सिडिओ फेरिए, कहाँ कसलाई जिम्मेवारी ? [सूचीसहित]

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

काठमाडौं- गृह मन्त्रालयले एकैपटक १२ जिल्लाका सिडिओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहको आन्तरिक व्यवस्थापन महाशाखामा रहेका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओ बनाइएको छ ।



त्यस्तै, गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरमा सरुवा गरिएको छ । उनको ठाउँमा पुण्यविक्रम पौडेल पुगेका छन् ।

गोरखामा शंकर अर्याल, मोरङमा काशीराज दाहाल, रामेछापमा दीपक पहाडी, संखुवासभामा नुरहरि खतिवडा, दोलखामा टेकराज निरौला, चितवनमा आश्मान तामाङ, धादिङमा कृष्णा लम्साल, उदयपुरमा वीरेन्द्र यादव र रुपन्देहीमा ऋषि तिवारीलाई सिडिओको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट