बिहानै ६ म्याग्‍निच्यूडको भूकम्पको धक्का महसुस-Sutra News

बिहानै ६ म्याग्‍निच्यूडको भूकम्पको धक्का महसुस

बिहिबार, ३१ भाद्र २०७८

बिहिबार, ३१ भाद्र २०७८

काठमाडौं- बिहीबार बिहान चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानमा ६ म्याग्नेच्युडको भूकम्पको धक्‍का महसुस गरिएको छ ।



समाचार संस्‍था रोयटर्सकाअनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानमा स्थानीय समयअनुसार बिहीबार बिहान ४:३३ बजे भूकम्पको धक्‍का महसुस गरिएको हो ।

भूकम्पमा परी अहिलेसम्म दुई जनाले ज्‍यान गुमाएको समाचारमा जनाइएको छ । पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । भूकम्पले केही घरहरू समेत भत्काएको छ ।

भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट