सवारी दुर्घटनामा गम्भीर घाइतेको विमानमार्फत उद्धार-Sutra News

सवारी दुर्घटनामा गम्भीर घाइतेको विमानमार्फत उद्धार

बिहिबार, ३१ भाद्र २०७८

बिहिबार, ३१ भाद्र २०७८

बैतडी- दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका-६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् ।



घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।

राजमार्गअन्तर्गत पाटन-६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए ।

मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन-६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन-१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट