काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । उनीहरुबीच हिजो राती राष्ट्रपति निवासमा भेटवार्ता भएको बताइएको छ ।
उनीहरुबीच के विषयमा छलफल भयो भन्ने विषय अझै खुल्न सकेको छैन । उनीहरुबीच राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्रीबाट हटेपछि ओली दोस्रोपटक राष्ट्रपति भेट्न दोस्रोपटक भेट्न गएका हुन् ।
राष्ट्रपति भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन भएको थियो ।