लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधवार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह निर्देशन दिएका छन् ।
३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल भने यसवर्ष अलमलमा देखिएको छ । प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको जसपा संघीय सत्तारुढ गठबन्धनमा आवद्ध छ । संघीय सरकारमा सहभागिताको तयारीमा रहेको जसपा यसवर्ष अलमलमा परेको हो ।
नेपालमा हरेक बर्ष असोज ३ गते संविधान दिवश मनाउने गरिन्छ ।