काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष तथा लुम्बिनी प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमा नै फर्किन आग्रह गरेकी छन् ।
बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी हुन् ।
‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो । आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन । आफूले दु:ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन,’ उनले भनिन् ।
नेकपा एमालेको अन्तरसंघर्षमा माधव नेपाल पक्षमा देखिएकी शाक्य पार्टी विभाजन भएपछि पुरानै पार्टीमा बसेकी नेत्री हुन् । एमालेमै रहने भएपछि ओलीले शाक्यलाई वागमती प्रदेशको मुख्यमन्त्री बनाएका थिए । एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि शाक्य वागमतीमा अल्पमतमा परेकी छन् ।