पूर्वगृहमन्त्री थापाले खोले मदन भण्डारी हत्याको रहस्य-Sutra News

पूर्वगृहमन्त्री थापाले खोले मदन भण्डारी हत्याको रहस्य

बिहिबार, ३१ भाद्र २०७८

बिहिबार, ३१ भाद्र २०७८

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् । 



जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले राजतन्त्रको विपक्ष र गणतन्त्रको पक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका हुन् । 

वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्ने क्रममा उनले दलहरूमा र तिनका नेताहरूमा विकास भएको चेतनाले नै देश संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आइपुगेको बताए । 

तर, यसबीचमा गणतन्त्रको चेतना भएका मदन भण्डारीजस्ता नेताहरू गुमाउनु परेको उनको भनाइ छ ।  

बादलले नेकपा एमाले छिट्टै नै सरकारमा जाने बताए ।

त्यस्तै उनले एमाले नेपाली सर्वहाराहरूको र श्रमजीवीको पार्टी भएको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो। श्रमजीवीको पार्टी हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट