‘राज कुन्द्रा शिल्पासँगको सम्बन्धबाट खुसी थिएनन्, मेरै घरमा आएर मसँग यौन दुर्व्यवहार गरे’-Sutra News

‘राज कुन्द्रा शिल्पासँगको सम्बन्धबाट खुसी थिएनन्, मेरै घरमा आएर मसँग यौन दुर्व्यवहार गरे’

बिहिबार, ३१ भाद्र २०७८

बिहिबार, ३१ भाद्र २०७८

पोर्नग्राफी केसमा पक्राउ परेका व्यवसायी राज कुन्द्राको आफ्नी पत्नी शिल्पा शेट्टीसँग सम्बन्ध राम्रो नभएको र राज शिल्पासँगको सम्बन्धबाट खुसी नभएको अभिनेत्री शर्लिन चोपडाले दावी गरेकी छिन् । बुधबार मुम्बइ पुलिसको क्राइम ब्रान्चको कार्यालयमा उपस्थित भएर बयान दिएकी अभिनेत्री चोपडाले राजले आफूलाई घरमै आएर यौन दुर्व्यवहार गरेको समेत आरोप लगाएकी छिन् ।



शर्लिनका अनुसार २०१९ मा राजसँग एक व्यवसायिक बैठकपछि एक म्यासेजका कारण उनको तीखो बहस भएको थियो । यही कुरालाई लिएर राज २०१९ को २७ मार्चका दिन केही नबताइ उनको घरमा आएका थिए । त्यसपछि राजले उनीसँग जबरजस्ती गर्न लागेको र आफूले अस्वीकार गरिरहेको शर्लिनले बताएकी छिन् । शर्लिनका अनुसार उनले राजसँग आफूले विवाहित व्यक्तिसँग सम्बन्ध राख्न नचाहेको र व्यवसायलाई निजी जीवनसँग मिलाउन नचाहेको बताएकी थिइन् ।

त्यतिबेला राजले शर्लिनसँग आफ्नो पत्नी शिल्पासँग सम्बन्ध तनावपूर्ण भएको र घरमा आफू धेरैजसो समय तनावमा रहने गरेको बताएका थिए । शर्लिनलाई पहिले नै मुम्बइ पुलिसको साइबर सेलले २०२० मा आर्म्सप्राइमविरुद्ध दर्ता भएको एफआइआरमा आरोपीको रुपमा पेश गरेको थियो । क्राइम ब्रान्चले उनलाई २६ जुलाइमा पोर्न फिल्म गिरोहबारे बयान लिन बोलाएको थियो । त्यसपछि शर्लिन अग्रिम जमानतको लागि बाम्बे हाइकोर्ट गइन् । शर्लिनले अदालतमा दिएको निवेदनमा आफूलाई पनि राज कुन्द्रालाई जस्तै गिरफ्तार गरिने डर भएको बताएकी थिइन् । अदालतले २८ जुलाइमा शर्लिनलाई गिरफ्तारीविरुद्ध सुरक्षा प्रदान गरेको छ ।डिसीनेपाल

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट