अष्टलक्ष्मीलाई ओलीको प्रश्न- पार्टी फुटाउनेबाहेक अरु हैसियत नभएका माधवलाई पार्टीमा किन फर्काउने ?-Sutra News

अष्टलक्ष्मीलाई ओलीको प्रश्न- पार्टी फुटाउनेबाहेक अरु हैसियत नभएका माधवलाई पार्टीमा किन फर्काउने ?

बिहिबार, ३१ भाद्र २०७८

बिहिबार, ३१ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई फेरी एमालेमा बोलाउन नहुने बताएका छन् । उनले नेपालको भूमिका एमाले फुटाउनका लागि मात्र भएको कारण उनी अब एमालेलाई जरुरत नभएको बताए ।



काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमा माधवको आवश्यकता नरहेको बताएका हुन् । ‘केही साथीहरू अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस्, तपाईंको आवश्यकता छ भनेर । माधव कामरेडको के आवश्यकता छ ? फेरि फुटाउन आउने ?’ ओलीले भने ।

सोही कार्यक्रममा लुम्बिनी प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेकी थिइन् ।

‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ । माधव नेपाल हाम्रो नेता हो । अग्रज हो । आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन । आफूले दु:ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन,’ उनले भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट