चलचित्र ‘छक्का पन्जा’बाट आफुलाई निर्देशकको रुपमा चिनाएकी दिपा श्री निरौलाले यसै चलचित्रको चौथो सिक्वेल पनि छिटै दर्शकमाझ आउने जानकारी दिएकी छन् ।
नायिका प्रियंका कार्कीले संचालन गरेको युट्युब कार्यक्रममा गेस्टको रुपमा पुगेकी दिपा श्री निरौलाले यस चलचित्रको बारेमा जानकारी दिएकी हुन् । उनले पहिले यो चलचित्रको लागि राजनीतिक सटायरलाई लिएर तयार पारेको तर कोरोना महामारीले गर्दा सबै दुखि भएका कारण हँसाउनका लागि सामाजिक कथामा कमेडी तयार पार्ने सोचमा रहेको जानकारी समेत दिएकी छन् ।
उनले आफ्नो सन्तानको रुपमा छक्का पन्जालाई लिएको कारण समेत अचेल विवाह र बच्चाबारे सोच्न छाडेको भन्दै आफ्नो विवाहबारे प्रश्नको सामना गरेकी छन् । कार्यक्रममा दर्शक एक प्रश्नलाई जवाफ दिदै दिपकले उनलाई बज्यै भन्ने गरेको समेत बताएकी छन् ।