३ वर्षदेखि प्रेम सम्बन्धमा छु- निता ढुंगाना-Sutra News

३ वर्षदेखि प्रेम सम्बन्धमा छु- निता ढुंगाना

बिहिबार, ३१ भाद्र २०७८

बिहिबार, ३१ भाद्र २०७८

नायिका निता ढुंगानाले घुमाउरो शैलीमा आफू, नायक तथा युवा ज्योतिष हरिहर अधिकारीसंग विगत ३ वर्षदेखि प्रेममा रहेको कुरा जानकारी दिएकी छन् । उनले आफ्नो जन्मदिन मनाउने क्रममा मिडियासँग अन्तरक्रिया गर्दै विगत ३ वर्ष देखि आफुहरु सम्बन्धनमा रहेको बताएकी हुन् ।



मिडियाले जन्मदिनको दिनमा अरुले जसरी नै हरिहर जीले सोसल मिडियामा किन शुभकामना दिनु भएन भन्ने प्रश्नको जवाफ दिने क्रममा निताले सो कुरा खुलाएकी हुन् ।

हरिहरका बुवाको निधन हुँदा निताले दिएको साथ र सान्त्वनाले गर्दा उनीहरु प्रेममा छन् भन्ने झन् पुष्टि भएको थियो ।

त्यस्तै हरिहरको घरमा बुवाको वार्षिकी सकिने बित्तिकै दुवै जना विबाह गर्ने मुडमा रहेको बताइएको छ ।

त्यसो यी यो जोडी पछिल्लो समय एक अर्कासँग नजिक रहेको खवर नआएका होइनन् । आज नायिका ढुंगानाले अधिकारीसँगको तस्वीर सेयर गरेपछि शंका थप बलियो बनेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट