काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश इन्चार्जको भूमिकामा पूर्वगृहमन्त्रीसमेत रहेका एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नै देखिएका छन् ।
कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश इन्चार्जकै भूमिकामा अतिथि बनेका थिए । बादल भन्दा पहिले सम्बोधन गरेकी शाक्यलाई भने उद्घोषकले पार्टी उपाध्यक्ष एवम् मुख्यमन्त्री भनी सम्बोधन गरेका थिए ।
पछिल्लो विषयमा इन्चार्जका विषयलाई लिएर एमालेमा विवाद उत्पन्न हुन् थालेको छ । त्यस्तै सुदूरपश्चिममा पनि एमालेको इन्चार्ज भीम रावल या लेखराज भट्ट रहने भन्ने विषयमा विवाद चुलिएको थियो । तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सुदुरपश्चिमको इन्चार्जमा लेखराज भट्ट नै रहेको बताएका छन् ।