आज यी स्थानमा भारी वर्षाको सम्भावना-Sutra News

आज यी स्थानमा भारी वर्षाको सम्भावना

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आज बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।



लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले वर्षा हुने स्थानका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट