चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल ल्याइँदै-Sutra News

चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल ल्याइँदै

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

काठमाडौं- सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै छ । उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार खोप आज दिउँसो २ बजे आइपुग्ने छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले दिएको जानकारीअनुसार चीनसँग खरिद गरिएको उक्त खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान सुरु गरिने छ ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट