खाना खानेबित्तिकै के गर्नुहुँदैन ?-Sutra News

खाना खानेबित्तिकै के गर्नुहुँदैन ?

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । त्यसैले खाना खाएपछि यस्ता काम गर्नुहुँदैन ।



खाना खानेबित्तिकै सुत्न हुन्न

तपाईंको खाना खानेबित्तिकै सुत्ने बानी छ भने आजैबाट त्यो बानी त्याग्नुहोस् । किनकी त्यस्तो बानि तपाईंको स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । खाना खाएलगत्तै सुत्दा तपाईंले खाएको खाना राम्रोसँग पच्न सक्दैन । यसले गर्दा मोटाउने, तथा ग्यास्ट्रिकको समस्या हुन जान्छ । पेट लाग्ने समस्या पनि बढ्छ ।

धुम्रपान त्यागौं

धुम्रपान गर्नु नै स्वास्थ्यका लागि हानिकारक छ । खाना खानेबित्तिकै धुम्रपान गर्दा ज्यानै जान सक्ने सम्मको खतरा हुन्छ । साथै यसले गर्दा क्यानसरको सम्भावना धेरै गुणा बढ्न सक्छ ।

फलफूल नखानुहोस्

खानापछि फलफूल खानु पनि स्वास्थ्यका लागि हानिकारण मानिन्छ । यस्तो गर्दा पेट ढुस्स हुनेलगायत ग्यास्ट्रिक को समस्या हुन सक्छ ।

चिया वा कफि पिउन हुन्न

कतिपय मानिसहरु खानालगत्तै चिया वा कफी पिउने गर्छन् । यो एकदमै नराम्रो बानी हो । यस्ता बानी भूलेर पनि नदाहोर्‍याउनुस् । यो पनि स्वास्थ्यका दृष्टिले घातक भएको चिकित्सकहरुले बताएका छन् ।

नुहाउनु हुँदैन

हतार छ भन्दैमा खाना लगत्तै ननुहाउनुस् । बरु खाना खानुभन्दा पहिले नै नुहाएर खाना खाँदा राम्रो । खानालगत्तै नुहाउँदा पेटको चारैतर्फ रक्तसंचार बढि हुन जान्छ र पाचन प्रक्रिया सुस्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट