विप्लवको कार्यक्रममा पत्रकारलाई प्रवेध निषेध-Sutra News

विप्लवको कार्यक्रममा पत्रकारलाई प्रवेध निषेध

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

काठमाडौँ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । बैठक तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बसिरहेको छ । पार्टीको बैठकमा सहभागी हुनका लागि विप्लव हिजो नै बन्दीपुर आएका थिए । बैठक ५ गतेसम्म संचालन हुने एक नेताले जानकारी दिए । 



बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् ।

बैठककक्षमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै बैठक अवधीभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारहरुसँग कुरा गर्न नपाइने बताइएको छ ।

विप्लव नेतृत्वको पार्टीले केही दिनअगाडी काठमाडौँमा बृहत प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा विप्लवले कुनैपनि हालतमा एमसीसी पास गर्न नदिने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट