कोरोना संक्रमणले आक्रान्त भारतका केही स्थानमा कोरोना भाग्छ भन्दै मानिसहरु भीडै जम्मा भएर गाईको गोबर र पिशाबले नुहाउने गरेको खुलेको छ ।
गुजरातका केही स्थानीय गाउलेहरुले गौशालामा पुगेर गाईको गोबर भेला पारेर गाईको पिशाब मिसाएर नुहाउने गरेको दृष्य भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।
गाईको गोबरले नुहाए पछि ईम्युनिटी बढ्ने र कोरोनाबाट बच्न सकिने ती मानिसहरुको तर्क छ । तर चिकित्सकहरुले भने यस तरीकाले कोरोना नरोकिने भन्दै चेतावनी जारी गरेको बताईएको छ ।
उनीहरु गाई फर्ममा पुगेर गाईलाई अंकमाल गर्ने त्यसपछि गोबर टाउकोदेखि शरीरभरी दलेर योगा गर्ने र नुहाउने गरेको बताईएको छ ।