‘एक्स फ्याक्टर् यूके’का प्रतिस्पर्धी आशिक गुरुङको नेपालि म्युजिक भिडियोमा प्रवेश-Sutra News

‘एक्स फ्याक्टर् यूके’का प्रतिस्पर्धी आशिक गुरुङको नेपालि म्युजिक भिडियोमा प्रवेश

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

गायक तथा संगीतकार धनकिरण गुरुङ नयाँ गीतको तयारीमा जुटेका छन् ।



सेप्टेम्बर अन्तिम साता रिलिज गर्ने तयारी गरिएको गीत ‘किन हो किन’ को म्यूजिक भिडियोमार्फत् गायक तथाँ संगीतकार गुरुङले आफ्नै छोरा आशिक गुरुङलाई ‘डेब्यू’ समेत गराउने भएका छन् । प्रभु गुरुङको निर्देशन रहेको भिडियोमा आशिकका साथमा सुब्रिना लिम्बू फिर्चड हुनेछन् ।

बेलायतका विभिन्न मनोरम स्थानहरुमा छायांकन् पूरा गरी अहिले भिडियोको ‘पोस्ट प्रोडक्सन’ कार्य भइरहेको गायक गुरुङले बताएका छन् । ‘किन हो किन’ मा शब्द र संगीत पनि गायक गुरुङकै छ भने स्वरमा उनलाई गायिका दीपा लामा राईले पनि साथ दिएकी छन् ।

म्यूजिक भिडियोमा कोरियोग्राफी पनि निर्देशक गुरुङले नै गरेका छन् भने क्यामेरा र सम्पादन सुमन श्रेष्ठको छ । भिडियोकी निर्मात्री अल्का गुरुङ हुन् । आफ्नै बाबुको म्यूजिक भिडियोमार्फत् अभिनयमा डेब्यू गर्न लागेका आशिक आफै पनि म्यूजिक कम्पोजर हुन् ।

बेलायतबाटै ग्राफिक डिजाइनिङ इन्जिनियरको अध्ययन पूरा गरेका उनले म्यूजिक टेक्नोलोजी र फोटोग्राफीमा पनि डिप्लोमा गरेका छन् । बाबुसँगै मिलेर डिजी प्रोडक्सन चलाइरहेका आशिकले प्रोडक्सन स्पेसलिस्टका रुपमा म्यूजिक कम्पोजिङ, रेकर्डिङ, मिक्सिङ लगायतका कार्यमा दख्खल राख्छन् । सन् २०१३ मा चर्चित रियालिटी शो ‘एक्स फ्याक्टर् यूके’ मा समेत सहभागी उनले ५ राउन्डसम्मको यात्रा तय गर्न सफल बनेको गायक गुरुङले बताएका छन् ।

धनकिरण गुरुङ बेलायतकै पहिलो नेपाली मुलका काउन्सिलर समेत हुन । उनि पछिल्लो समय संगीत कर्ममा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट