राजसंस्था चाहने कलाकारहरु-Sutra News

राजसंस्था चाहने कलाकारहरु

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

राजसंस्था, हिन्दु राष्ट्र र २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै नेपाली कलाकारहरु पनि सडकमा उत्रिने भएका छन् । यही असोज ३ गते काठमाडौंको माइतीघर मण्डलामा ‘नेपाली जनता’ नामक संस्थाले राजसंस्था पुनर्स्थापनाको मागसहित गर्न लागेको र्‍यालीमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, अभिनेता शिव श्रेष्ठ र कलाकार राजाराम पौडेल सहभागी हुन लागेका हुन् । 



‘नेपाली जनता’ ले फेसबुकमा जारी गरेको एक भिडियोमा कलाकार पौडेलले पृथ्वीनारायण शाह र वीर गोर्खालीले स्वतन्त्र राखेको मुलुक अहिले विदेशीको हातमा चलिरहेको र विदेशीको हातले चलेको मुलुकमा जनता स्वतन्त्र रहन नसक्ने भएकाले अखण्ड नेपाल, राजसंस्था, बौद्धिक सनातन हिन्दूराज्य र २०४७ सालको संविधानलाई पुनर्स्थापना गर्न आवश्यक रहेको बताएका छन् । 

त्यस्तै, भिडियोमा अभिनेता शिव श्रेष्ठले पशुपतिनाथको देशमा जन्मिएका जनता अब जाग्ने बेला आएकाले र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन् । केही समयदेखि हिन्दू राज्य र राजतन्त्र पुनर्स्थापना, संघीयताको खारेजी लगायत माग राखेर सर्वसाधारण नागरिक स्वतस्फूर्त सडकमा उत्रिन थालेको छन् । अब कलाकारहरु पनि राजतन्त्र ल्याउन माग गर्दै सडकमा उत्रिने भएका छन् । फिल्मिखबर

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट