आफूले ल्याएको नयाँ बजेट एकदमै सकारात्मक भएको अर्थमन्त्री शर्माको विश्लेषण-Sutra News

आफूले ल्याएको नयाँ बजेट एकदमै सकारात्मक भएको अर्थमन्त्री शर्माको विश्लेषण

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउदै लैजाने नीति सरकारले लिएको बताएका छन् ।



शुक्रबार काठमाडौमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बिभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउदै लैजाने नीति लिएको बताएका हुन् ।

उनले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिने देखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिए ।

त्यस्तै गरिव घरपरिवारलाई एकपटकका लागी १० हजार रुपैया दिने निर्णय सरकारले गरेको उनले बताए । अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनसंग जोडेर मात्र मुलुकको आर्थिक बृद्धि सम्भव रहेको धारणा राखे । त्यस्तै मुलुकभर रहेका सामूदायिक बिद्यालयको स्तरोन्तती गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उनले भने ।

उनले बिद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्धामा केन्द्रीत गर्नुपर्ने अहिलको आवश्यकता रहेको भन्दै त्यसैमा केन्द्रीय हुन बिद्यार्थीहरुलाई आग्रह गरे ।

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट