सुदूरपश्चिममा दुई मन्त्री थपिँदै, आजै शपथको तयारी-Sutra News

सुदूरपश्चिममा दुई मन्त्री थपिँदै, आजै शपथको तयारी

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजबादी दलका तर्फबाट एक मन्त्री र एक राज्य मन्त्रीसहित दुई जना थपिने भएका छन् । एमाले विभाजनसँगै अल्पमतमा परेका कारण प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र राज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएका थिए ।



उनीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा एकीकृत समाजवादीले दुई जनालाई पठाउन लागेको हो । थपिएका दुवै जनालाई आज बेलुका शपथ खुवाइने तयारी थालिएको छ ।

एकीकृत समाजबादीका तर्फबाट बन्ने नयाँ मन्त्रीमा प्रदेशसभा सदस्य तारा लामा तामाङ र राज्य मन्त्रीमा माया तामाङ बोहरा रहेका छन् । शुक्रबार साँझ नै उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी भइरहेको एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले बताए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव समूहमा लागेका तारालामा तामाङले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए । बझाङकी माया तामाङ भने संसद् विघटनमा ओली खेमामै रहेकी थिइन् । एमाले विभाजनपछि उनले नयाँ दलका रूपमा एकीकृत समाजवादीलाई रोजेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट