काठमाडौं- नेकपा एमालेले सातौं संविधान दिवस (असोज ३) तथा राष्ट्रिय दिवस मनाउने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम गरी एमालेले दिवस मनाउन थालेको हो ।
दिवसको अवसरमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने एमाले मुख्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।