स्वास्थ्य शाखा प्रमुखबाटै सहकर्मीमाथि हातपात-Sutra News

स्वास्थ्य शाखा प्रमुखबाटै सहकर्मीमाथि हातपात

शुक्रबार, १ असोज २०७८

शुक्रबार, १ असोज २०७८

नेपालगञ्ज- बाँके कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीमाथि कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।



कार्यालय समयमा कार्यकक्षमै स्वास्थ्य प्रमुख ठकुरीले स्वास्थ्य शाखामै कार्यरत् सिनियर स्वास्थ्य अधिकृत गेहराज खनालमाथि शुक्रबार हातपात गरेको आरोप लागेको हो ।

कोरोना भाइरसको औषधि खरिद गर्ने विषयमा उठाइएको टिप्पणीमा खनालले खरिद गर्ने औषधिको लिष्ट माग्दा शाखा प्रमुख ठकुरीले हातपात गरेका हुन् । हातपातबाट खनालको अनुहारसहित शरीरमा चोटपटक लागेको छ ।

पीडित खनालले आफूमाथि कार्यकक्षमा नै भएको हातपातको विषयलाई लिएर कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसी र ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका छन् ।

यता आफूले हातपात नगरेको आरोपी स्वास्थ्य शाखा प्रमुख ठकुरी दाबी गर्छन् । खनालले टिप्पणी उठाएको कागज च्यातिएपछि सामान्य भनाभन मात्र भएको ठकुरीको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट