नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण सम्भाव्य विश्लेषण बिषयक बिचार गोष्ठिमा ज्ञवालीले सीमा लगाएतका बिषय निकालेर सरकारले छिमेकी राष्ट्रसंग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका हुन् ।
ज्ञवालीले भारतसंगको सीमा विवादलाई छाडेर चीनसंगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गरे । समस्या भएको स्थानमा चूप वस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसंग चिसोपना खडा गर्न खोजेको उहाले बताए ।
ज्ञवालीले दार्चुलामा तुईन चुडाएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसंग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताए ।
ज्ञवालीले छिमेकीमुलुक लगाएत अन्य मुलुकसंगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।