सिन्धुपाल्चोक- इन्द्रावती खोलामा पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ । इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रशरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनी २८ भदौ बिहान छोरी पार्वती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपािलका-७ स्थित छोरीको घरमा गएका थिए ।
२९ भदौ बिहान छोरीको घरबाट आफ्नो घरतर्फ फर्के पनि दुई दिनसम्म घरमा नआइपुगेकाले परिवार र आफन्तरले खोजतलासका ला लागि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा पानीमा डुवेको अवस्थामा शव फेला पारेको थियो ।
उनको शव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सांकेतिक तस्बिर ।