जसपाले संविधान दिवस बहिष्कार गर्ने [विज्ञप्तिसहित]-Sutra News

जसपाले संविधान दिवस बहिष्कार गर्ने [विज्ञप्तिसहित]

शनिबार, २ असोज २०७८

शनिबार, २ असोज २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संविधान दिवस बहिष्कार गर्ने घोषणा गरेको छ ।



शनिबार विज्ञप्ति जारी गर्दै जसपाले यस्तो निर्णय गरेको हो । संविधानमा विभेदकारी र त्रुटिपूर्ण प्रावधान कायम रहेकाले आफूहरू सरकारले ३ असोजमा आयोजना गर्ने संविधान दिवस कार्यक्रममा सहभागी नहुने जसपाले स्पष्ट पारेको छ ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक सानवेशीकरणलगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस ०७८ मा पनि भाग नलिन आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वान गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तै जसपाबाट विभाजित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि ३० भदौमा विज्ञप्ति जारी गर्दै संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने जनाएको छ । 

jasapa.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट