कमेडी च्याम्पियन बनेका भरतमणिले के-के पाए ?-Sutra News

कमेडी च्याम्पियन बनेका भरतमणिले के-के पाए ?

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

काठमाडौं- भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन-२ का विजेता बनेका छन्  । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् ।



विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।

च्याम्पियन विजेता पौडेलले कारसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कमेडी रियालिटी शो कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो ।

कमेडी च्याम्पियन सिजन १ मा हिमेश पन्त च्याम्पियन बनेका थिए । कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई थिए । पौडेल ताप्लेजुङ, अग्रवाल सिक्किम र थापा गोरखाका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट