बोइलर कुखुराको मासु यस कारण हानिकारक-Sutra News

बोइलर कुखुराको मासु यस कारण हानिकारक

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

कुखुराको मासु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ भन्ने मानिसहरूको धारणा छ । सेता मासु भएका कारण यसले असर गर्दैन भनिन्छ । तर, बोइलर कुखुराको मासुको हकमा भने यो गलत हुनसक्छ ।



अप्राकृतिक ढंगले उत्पादन गरिएको बोइलर कुखुराको मासुले स्वास्थ्यमा समस्या निम्त्याउँछ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु कस्तो अवस्थामा हानिकारक हुनसक्छ ? 

-सयौं बोइलर कुखुरा एकसाथ पालिदाँ त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् । जो हाम्रो भान्सासम्म आइपुग्छ ।

-बोइलर कुखुरामा रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कम हुन्छ । त्यसैले कुखुरालाई एन्टिबायोटिक इन्जेक्सन दिइन्छ, ताकी एन्टिबायोटिक क्षमता वृद्धि होस् । हाम्रो भान्सामा इन्जेक्सन दिइएको कुखुराको मासु आइपुग्छ ।

-बोइलर कुखुराको मासुमा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा बढाउँछ ।

-बोइलर कुखुरालाई छिटै हुर्काउन व्यवसायीले रसायन र औषधि प्रयोग गर्दछन् । त्यस्तो कुखुराको मासु खाँदा शरीरलाई सोझो असर गर्दछ ।

-बोइलर कुखुरा मासु सेवन गर्दा फुड पोइजन हुने सम्भावना बढि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट