योजनाअनुसार गर्भधारण नहुनुका कारण यस्तो छ-Sutra News

योजनाअनुसार गर्भधारण नहुनुका कारण यस्तो छ

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

गर्भधारण हरेक महिलाको जीवनमा महत्त्वपूर्ण हुन्छ । तर,विभिन्न कारणले धेरैले समयमा गर्भधारण गर्न सक्दैनन् । गर्भधारण नहुनुमा यौन दुर्बलता, वंशानुगत समस्या, बढी उमेरलगायतका कारण हुनसक्छन् । त्यसैले यस्ता कुराका ध्यान दिनु आवश्यक छ ।



-यौन सक्रियता

गर्भधारण हुनमा एकै पटकको यौन मात्र उपयोगी नहुन सक्छ । कतिपय अवस्थामा पर्याप्त यौन कार्य नहुँदा पनि गर्भधारण नहुन सक्छ । जसकालागी यौन अपरिहार्य छ ।

यौन केवल बच्चा जन्माउन मात्र नभई सम्बन्धका सुमधुर बनाउन पनि जरुरी छ । उचित यौन सक्रियताले महिलाको हर्मन सक्रिय भई प्रजननका दृष्टिले सक्षम बनाउने गर्दछ ।

-अत्याधिक तौल

बढी तौल गर्भधारण नहुनुमा एक कारणमा पर्दछ । यसमा महिला भन्दा पनि पुरुषको तौल मुख्य कारक हुन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार तौल बढी भएका अर्थात् धेरै मोटोपन हुने जोडीको ठिक्क तौल भएका जोडीले भन्दा सन्तान जन्माउने संभावना ५९ प्रतिशत कम रहन्छ ।

-तनाव

हरेक गर्भवती महिलाले गर्भको बच्चालाई असर पर्ने भएकोले तनावमुक्त हुनुपर्दछ । तर,गर्भवती हुन चाहने जोडी पनि तनावमुक्त हुनु आवश्यक छ । ह्युमन रिप्रोडक्समा प्रकाशित अध्ययनअनुसार बढी तनाव लिने महिला वा पुरुषमा अन्य साधारण जोडीको तुलनामा बच्चा जन्माउन नसक्ने खतरा दोब्बर हुन्छ ।

जिममा धेरै जाने

हुन त व्यायाम फाइदाजनक छ । बच्चा जन्माउने अवस्थापूर्व पनि गर्भवती महिलाले सामान्य व्यायाम गर्नु पर्दछ । तर,गर्भवती हुन चाहने महिलाले सामान्य व्यायाम मात्र गर्नुपर्छ । अत्याधिक व्यायामले महिलालाई गर्भधारण गर्ने क्षमतामा ह्रास ल्याउँछ । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट