कोरिया जान नेपालीलाई यस्ता शर्त-Sutra News

कोरिया जान नेपालीलाई यस्ता शर्त

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुई वटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।



कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको छ ।

कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग इपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

इपीएसअन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट