विष्णु माझीलाई प्रवल जनसेवाश्री-Sutra News

विष्णु माझीलाई प्रवल जनसेवाश्री

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

काठमाडौं- सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषण, अलंकार तथा पदक पाउनेहरुको सूचीमा कलाकारहरू पनि परेका छन् । चर्चित गायिका विष्णु माझीसहितले विभूषण पाएका हुन् ।



गायिका माझी विगत १० वर्षदेखि सार्वजनिक रुपमा नदेखिएका कारण विभिन्न चर्चा तथा आंकलन हुने गरेको छ । गायिका माझीले प्रवल जनसेवाश्री पदक पाएकी हुन् ।

उनीसहित सुप्रवल जनसेवाश्री पाउनेमा रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, चन्द्रराज शर्मा, कुलेन्द्र विश्वकर्मा, देविका प्रधान र नवल खड्का पनि छन् ।

यस्तै सुप्रवल जनसेवाश्री पदक गीतकार कालीप्रसाद रिजाल, भजन शिरोमणि गायक भक्तराज आचार्य र कलाकार गौरी मल्लले पाएका छन् ।

नेपाली दोहोरी गायिका अमेरिकी नागरिक अन्ना स्टीर, निर्देशक मिलन चाम्स, गायक नवीनकुमार पौड्याल, कलाकार सुजल बम, शिवशंकर रिजाल, राजकुमार राई, राधिका हमाल, रन्जु झासहितले जनसेवाश्री पदक पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट