काठमाडौँ । कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् ।
उनले सामाजीक सञ्जालमार्फत विभूषण वहिष्कार गर्ने जानकारी गराएका हुन् । ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ उनले लेखेका छन् ।
संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।
एक अनलाइनसँगको कुराकानीमा उनले सरकारले वितरण गर्न लागेको विभूषण दलीय प्रभावबाट उक्त नभएको हुनाले नलिने घोषणा गरेका हुन् ।