बुटवल- संविधान दिवसको अवसरमा देशभर नै विभिन्न कार्यक्रमहरु मनाउने क्रम जारी रहेको छ। आज दिवसको अवसर पारेर धेरै नेताहरुले शुभकामना दिएका छन् । त्यस्तै राजधानीलगायत विभिन्न ठाउँ प्रदेशहरुमा पनि कार्यक्रम जारी रहेको छ ।
लुम्बिनी प्रदेशको कार्यक्रममा भने एमालेलाई निम्तो नगरिएको कारण एमाले कार्यक्रममा उपस्थित नै भएन । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो ।
त्यस्तै जनता समाजवादी पार्टीका ३ मन्त्रीहरु पनि अनुपस्थित रहेका छन् । पार्टीको नियमअनुसार संविधान दिवसलाई बहिष्कार गर्ने नीतिअनुरुप जसपा आजको कार्यक्रममा अनुपस्थित रहेको छ ।