कस्ताको घाँटीमा झुन्डिने भइयो भनेर पदकले लाज मानेका छन्- ओली-Sutra News

कस्ताको घाँटीमा झुन्डिने भइयो भनेर पदकले लाज मानेका छन्- ओली

आइतबार, ३ असोज २०७८

आइतबार, ३ असोज २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वितरण गरेको आभूषणप्रति आपत्ति जनाएका छन् । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आपत्ति जनाएका हुन् ।



‘आज श्रीमती, बाउको मुख हेर्ने दिन हो? कस्तो लालसा? कस्तो अतृप्ति? लजाइरहेका छन् ती मानपदवीहरु, कस्तो खालको झुण्डिनुपर्ने भयो भनेर। बोल्न सक्ने भए उफ्रिन्थे ती,’ उनले भने।

उनले थपे, ति विभूषणले लज्जा मानेको हेर्नुस त । लजाइरहेका छन् ति मानपदवीहरू । कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो । शरम मानेका छन् । बोल्न सक्ने भए उफ्रन्ते ती तर बोल्न सक्दैनन् । लज्जाजनक स्थिति ।’

संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको भएको स्मरण गर्दै उनले भने, ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण ग¥यौँ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ  ।’

जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताएका उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौमसत्ता मूल संविधानमा वर्चश्व हासिल गरे । जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन भनेर व्यवस्थित गरियो । यस दिनको असाधारण महत्व छ । त्यसैले राष्ट्रिय दिवस भन्यौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट