काठमाडौं- आज देशका केही स्थानमा मौसम बदली भई वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
हाल सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराई भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज ०४,
आज कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरू तथा कमला,बागमती, पुर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती लगायतमा बहाब सामान्य बढ्ने; कर्णाली र यसका सहायक नदीहरु तथा कन्काई, बबईमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। pic.twitter.com/hRwhjBPN3Z— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) September 20, 2021