भण्टाका ५ फाइदा-Sutra News

भण्टाका ५ फाइदा

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

भण्टा बैजनी रंग र सेतो रंगको हुन्छ । दुवै रंगका भण्टा फाइदाकारी हुन्छन् ।



पाचनतन्त्र बलियो बनाउँछ

भण्टाको पातले पाचनतन्त्रलाई फाइदा गर्छ । भण्टाको पातमा फाइबर अत्यधिक मात्रामा पाइन्छ । यसको पातलाई दैनिक खानामा समावेश गर्दा कब्जियतको समस्या वा पेटसँग सम्बन्धित समस्या निर्मूल हुन्छ । 

मिर्गौला सफा राख्छ

भण्टाको ५ वा ६ वटा पातलाई उमालेर त्यसलाई छानेर पिउँदा मिर्गौलालाई सफा गर्छ । दैनिक यस्तो रस पिउने बानी बसाल्दा मिर्गौला सफा हुन्छ ।

एनिमियालाई टाढा राख्छ

भण्टाको पातले रक्तअल्पता (एनिमिया) बाट ग्रसित व्यक्तिलाई फाइदा गर्छ । बैगनको पातको सेवन गर्नाले शरीरमा हुने रगतको कमी पूरा हुन्छ ।

मधुमेहलाई नियन्त्रण गर्छ

bhantas.jpg

मधुमेह भएकालाई भण्टाको पात खाँदा निकै फाइदा गर्छ । यसमा फाइबर र म्याग्नेसियम जस्ता पोषकतत्व पाइन्छ । यसले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्छ र मधुमेहको समस्या नियन्त्रणमा रहन्छ । 

मोटोपन घटाउँछ 

भण्टाको पातले मोटोपन घटानउ पनि सघाउँछ । भण्टाको पातमा हुने फाइबरले लामो समयसम्म भोक लाग्न दिँदैन । यसले तौल घटाउन मद्दत पुग्छ । साथै यसमा पाइने सुक्ष्म पोषक तत्वले रगतमा कोलेस्ट्रोलको स्तरलाई कम गर्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट