संखुवासभा सामूहिक हत्याकाण्डमा नयाँ मोड- थप चार जनाको संलग्नता, के गर्दैछ प्रहरी ?-Sutra News

संखुवासभा सामूहिक हत्याकाण्डमा नयाँ मोड- थप चार जनाको संलग्नता, के गर्दैछ प्रहरी ?

सोमबार, ४ असोज २०७८

सोमबार, ४ असोज २०७८

संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको छ ।



प्रहरीका अनुसार घटनामा मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जनाको संलग्नता रहेको छ । घटनामा दोषी देखीएका आरोपीहरुलाई छिट्टै नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

घटनाको अनुसन्धानमा अहिले विभिन्न प्रहरी खट्ने क्रम जारी रहेको छ । केही दिनअगाडी आफूलाई हत्यारा स्वीकारेका लोकबहादुरका भाई पनि पक्राउ परेका थिए । पक्राउ गरिएकाको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको बताइएको छ ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा दुई बालबालिका सहित ६ जनाको शव भेटिएको थियो । 

मृत्यु हुनेमा ५६ वर्षीय तेजबहादुर, उनकी बृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन् । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमति ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट