काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै नै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले छिट्टै नै मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।
बैठकमा बोल्दै उनले भने, ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाएका छन्।
प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्। देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम दिएका छैनन् ।