नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै मदन भण्डारीको निधनपछि जनताको बहुदलीय जनवादको छलफल नगरेको आरोप लगाएका छन् ।
यही असोज १५ देखि १७ सम्म गर्न लागिएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा संगठनात्मक प्रतिवेदनमाथि बुँदागत टिप्पणी गर्दै भुसालले नेतृत्वमाथि यस्तो आरोप लगाएका हुन् ।
‘जनताको बहुदलीय जनवादबारे हामीले क. मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ,’ भुसालले भनेका छन्, ‘उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रुपमा अगाडि सार्नु भएको थियो । छैठौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो । सातौँमा नयाँ केही गरिएन ।’
विधान महाधिवेशनका लागि अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनउपर अन्य नेताहरूले पनि लिखित टिप्पणी गरेका छन् ।
पढ्नुहोस् पूर्णपाठ :